शाहरुखको लुङ्गी कनेक्सन

मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खानको ‘लुङ्गी’ कनेक्सन आधिकारिक मात्र होइन, अझ गहिरो बन्दै गएको छ । यो यसकारण हो कि शाहरुखले एकपटक पुनः लुङ्गीका लागि आफ्नो प्रेम प्रस्तुत गरेका छन् ।

शाहरुख फिल्म ‘चेन्नई एक्सप्रेस’मा आफ्नो हिट ‘लुङ्गी डान्स’ पछि अब ‘जवान’मा ‘जिन्दा बन्दा’मा पनि लुङ्गीमै देखिएका छन् । लुङ्गीका लागि शाहरुखको प्रेम कुनै नयाँ होइन, यसले पुनः एकपटक शाहरुखको लुङ्गी स्टाइलले दर्शकलाई मोहित बनाएको छ ।

‘जवान’को गीतमा हजारौं कोरसलाई लुङ्गीमा देखाइएको छ । यो गीतले एक फरक सांस्कृतिक विविधताको अनुभव गराउँछ । यो गीतले पुरानो गीतलाई स्मरण गराउँछ र प्रियामणिको उपस्थितिले गीत अझ राम्रो बनेको छ । जो एकपटक पुनः शाहरुखसँग स्क्रिन शेयर गरिरहेका छन् ।

ब्लकबस्टर ‘चेन्नई एक्सप्रेस’ को ‘१ २ ३ ४ गेट अन द डान्स फ्लोर’ पछि एकपटक पुनः प्रियामणिको दमदार उपस्थितिले गीतको महत्व झन बढाएको छ । प्रियामणि र शाहरुखको पुनर्मिलन र लुङ्गी कनेक्सनसँगै ‘जिन्दा बन्दा’को प्रस्तुतिले नयाँ मोड दिएको छ ।

आफ्नो जोडदार शक्ति, लार्जर देन लाइफ भिजुअल र लुङ्गीको सांकेतिक प्रस्तुतिका साथ यो गीत, संगीत र संस्कृतिसँग शाहरुखको स्थायी सम्बन्धको चिनारी दिएको छ । हाल यो गीत युट्युबमा २४ घण्टामा ४६ लाख मिलियन भ्यूज पुगेको छ ।

‘जवान’ रेड चिलिज इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो । एटलीद्वारा निर्देशित, गौरी खानद्वारा निर्मित र गौरव बर्मा द्वारा सह–निर्मित फिल्म ७ सेप्टेम्बरमा रिलिज हुँदैछ ।