पुष्कर र अनुको मुर्रा भैसी

काठमाडौं । गायक पुष्कर सुनुवार र गायिका अनु चौधरीको स्वरमा तीज गीत ‘मुर्रा भैंसी’ सार्वजनिक भएको छ ।

गीतमा गीतकार दीपक निरौलाको शब्द, पुष्करको संगीत र एरेन्ज छ । गीत रेकर्डिङ र बजार व्यवस्थापन मेलोडी नेपाल प्रोडक्सनले गरेको छ ।

गीतको रेकर्डिङ र मिक्सिङ विप्लब अधिकारीले गरेका हुन् । निरेन श्रेष्ठ निर्देशित भिडियोमा सम्राट अधिकारी र प्रतिक्षा काफ्लेको अभिनय छ ।