सुस्तरी सुस्तरीमा नगर प्रहरी र व्यापारीको प्रेम

काठमाडौं । गायक यस कुमार र अनु चौधरीको स्वरमा म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। भिडियोमा एक नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबिचको प्रेमकथा देखाइएको छ । भिडियोमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकपेटीमा व्यापार गर्नेलाई दिएको दुःखलाई विषयवस्तु बनाइएको छ ।

नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार र सडक व्यापारीको भूमिकामा अनु थापा रहेकी छिन्।

यशकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घतानी, पञ्ची तामाङ र अनिता लामाको पनि अभिनय छ । गीतमा यस कुमारकै शब्द र संगीत, एसके बच्चाको एरेन्ज र साजन शाहको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ ।

निकेश खड्का निर्देशित भिडियोमा उत्तम हुमागाईँको छायांकन र विकास धमलाको सम्पादन तथा कलरिङ्ग रहेको छ ।