मिसेस वर्ल्ड २०२२ मा सरगम

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२३ को फिनालेमा मिसेस वर्ल्ड २०२२ सरगम कौशल सहभागी हुने भएकी छन्। मिसेस नेपाल वर्ल्ड २०२३ का आयोजक संस्था रिबन इन्टरटेनमेन्टले मिसेस वर्ल्ड कौशलले सो प्रतियोगितामा सहभागी हुने सम्बन्धमा सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्व सहभागी हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए ।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी गराए ।

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन् । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउने छन् ।