यी हुन् डिएसएस्टार २०२३ सिजन ११ विजेता

काठमाडौं । परिवर्तन इभेन्ट हाउस को आयोजनामा राष्ट्रिय नाच घर जमलमा  गत भदौ ३० गते ‘डि एस ए स्टार २०२३ सिजन– ११’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा गायक लाक्पा शेर्पा, मेमोरी किङ नबल पजियार, मोडल प्रिन्स विश्वकर्मा, डान्सिङ विथ स्टार सिजन २ विजेता छिरिङ शेर्पा र डिजे डिजे नवाङ रहेका थिए । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई नेपाल वायु सेवा निगमले सहयोग गरेको थियो ।

इभेन्ट हाउसकी सिईओ सोनिया जी आरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताइन् ।
प्रतियोगितामा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी फस्ट रनरअपअरियाना कुमाल सेकेण्ड रनरअप भए । त्यस्तै जुनियर डिएसए डान्सिङ स्टारतर्फ प्रितिका तिवारी विजेता, आरभ गुरुङ फस्ट रनरअप, कृतिमा तिमल्सिना सेकेण्ड रनरअप, बिम्बिसर आले थर्ड रनरअप, आयुष्मा थापा फोर्थ रनरअप, अनमोल गुरुङ फिफ्थ रनरअपनुमा लिम्बु सिक्स्थ रनरअप भए ।

त्यस्तै जुनियर डीएसए सिङ्गगिङ स्टारतर्फ सनिस्ता रेग्मी विजेता, मन्दीप शाह फस्ट रनरअप, सृष्टि कार्की सेकेण्ड रनरअपसोनिका थापा थर्ड रनरअप, जुनियर डीएसए एक्टिङ स्टारतर्फ पवनराज मुडवरी विजेता, विधान न्यौपाने फस्ट रनरअप, मन्जित जंग पाण्डे सेकेण्ड रनरअप, प्रि–टिन डीएसए डान्सिङ स्टारतर्फ तेजस्वी सुवेदी विजेता, रोस्मा वली फस्ट रनरअप, अलास्का थापा मगर सेकेण्ड रनरअप, दिव्या श्रेष्ठ, थर्ड रनरअप, म्युजिका गुरुङ फोर्थ रनरअप, कल्पना बिके फिफ्थ रनरअपदिव्यांश सिंह साउद सिक्स्थ रनरअप भए ।

यसैगरी प्रि–टिन डीएसए सिङ्गगिङस्टारमा अरुनेक्स श्रेष्ठ विजेता, प्रिन्स साउद फस्ट रनरअप, युनिक थापा मगर सेकेण्ड रनरअप, सुवर्ण तिमल्सिना थर्ड रनरअपप्रि टिन डिएसए एक्टिङ स्टारमा सिरिश सापकोटा विजेता, रुबी लामिछाने फस्ट रनरअपरेयान हुसेन सेकेण्ड रनरअप भए ।

विजेतालाई २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजकले जनाएका छन् ।