सुमनको तिमी चाँडैमा भुवन र निश्मा

काठमाडौं । फिल्म निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

गीतमा प्रमोद खरेलको स्वर, टिका भण्डारीको संगीत र अमेरिकामा बस्दै आएका गीतकार ईश्वर प्रवासीको शब्द छ ।

अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपास छायांकन गरिएको भिडियोमा मोडलद्वय भुवन लोहनी र निश्मा चापागाईंको अभिनय छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो ।

यस अघि भुवनले सुमनकै निर्देशनमा ‘हेर्दा हेर्दै’ र ‘यो जीवन मिठो’ गीतको भिडियोमा अभिनय गरेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा ‘तिमीसँग छुट्टिएर’ गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।

नयाँ गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रंग संयोजन, राम ढकालको पोष्टर डिजाइन र पवन गौतमको छायांकन छ ।