कृष्णको रातो टिकीमा एकल महिलाको चाहना

काठमाडौं । गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णलाई मेलिना राई र रेखा जोशीले स्वरमा साथ दिएका छन् ।

जीबी आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेता राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशी फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै आकर्षक बनेको छ ।

सन्देशमुलक गीतको भिडियोले एकल महिलाको चाहनाको पक्षलाई समेत उठान गरेको छ । गोपाल रायको छायांकन रहेको भिडियोमा विपिन मल्लको सम्पादन, मनोज श्रेष्ठको भीएफएक्स र रेनिश फागोको कलर करेक्सन छ ।