किरण गजमेरको अजात

काठमाडौं । नेपाल आइडल सिजन ३ का विजेता किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘अजात’ सार्वजनिक भएको छ। विकु दादाको शब्द रहेको गीतमा किरणको नै संगीत रहेको छ।

प्रेममा न उमेर न जातले छेक्छ भन्ने सन्देश बोकेको पूर्वेली भाकाको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

मौसमको नै कोरियोग्राफी रहेको भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।