पौष २७ मा आउँदै चित्रा

काठमाडौं । सन्तोष अधिकारी फिल्मसको व्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । छायांकन पुरा भएसँगै फिल्म युनिटले आगामी माघे संक्रान्तिको छेको पारेर अर्थात् पौष २७ लाई रिलिज मितिसमेत घोषणा गरेको छ ।

फिल्मका निर्माता तथा प्रमुख अभिनेता सन्तोष अधिकारीका अनुसार यो मितिमा नेपाल र अष्ट्रेलिया दुवै स्थानमा एकै दिन प्रदर्शन हुनेछ ।

फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्ममले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ । यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस)ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्ममका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।