१३ औं दिनमा पनि परदेशी २ लाई राम्रो शो

काठमाडौं । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको छ । आज १३ औं दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित सिनेमा प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट अपार माया पाएको फिल्म हेर्ने चापले बुधबार धेरै शो हाउसफुल छन ।

फिल्मले पहिलो हप्ता बक्सअफिसमा राम्रो व्यापार गरेको दाबी निर्माण टिमको छ । सुरुवाती दिनबाट नै राम्रो व्यापार गरेको फिल्मले विकडेजबाट राम्रो पिकअप लिएको हो ।

हलमा सिनेमा हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि फिल्म सफलताको बाटोमा हिडेको बुझिन्छ । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख शहरहरु काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए ।

दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझीले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो फिल्म निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।

उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।