दिलको नक्कली मोरी

काठमाडौं । गायक दिल ब्लोनको शब्द, संगीत र स्वरमा रहेको ‘नक्कली मोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गीतमा दिल र उषा उप्रेतीको अभिनय छ ।

भिडियोमा एरेञ्ज याकुव तामाङ, क्यामरा उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।