काठमाडौं । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ विमोचन गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, संगीतकार शम्भुजित बासकोटा, संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधवराज खरेललगायतले संयुक्त रुपमा विमोचन गरे ।
सार्वजनिक एल्बममध्ये ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् ।
यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फूल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । दुबै एल्वमलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
कार्यक्रममा दुई एल्वमका पाँच गीतको भिडियो सार्वजनिक गरिएको थियो ।