रहिनन् अभिनेत्री तथा मोडल दिपाशा

काठमाडौं । अभिनेत्री तथा मोडल दिपाशा बिसी ‘जलपरी’को निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २८ वर्षीय दिपाशालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दिपाशाले दर्जनौं बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी छन् । उनले ‘दुलही रानी’, ‘झेली’, ‘चाल’ र ‘बिरानो माया’मा अभिनय गरकी थिइन् ।

उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।