काठमाडौं । गायक नितेश जंग कुवरले अष्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भनेका छन्। रोटेपिङ्गले ५ सहरमा आयोजना गर्न लागेको कार्यक्रम फेब्रवरी २०२४ मा हुदैछ ।
दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशका हितैको माया , हाम्रो नेपालमा ,निस्तुरी मोरी ,रंगिन त्यो भित्तामा,खोलै खोला लगायतका गीतहरु चर्चित छन्।
नेपाली युवा पुस्ता माझ कुवरको प्राय सबै गीतहरु लोकप्रिय छन् । उक्त कार्यक्रममा गायिका समृद्धि राईले समेत आफ्नो प्रस्तुति दिनेछिन। कार्यक्रमको अग्रिम टिकट शुक्रबारदेखि खुल्दैछ ।