आरिफको आउँछौ कि भनेर

काठमाडौं । द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको गीत ‘आउछौ की भनेर’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मोनिष निरौलाको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको जीवन्त क्लासिकल अभिनय छ । भिडियोमा प्रेमिका हराएपछि विछिप्त बनेका एक प्रेमीको कथा देखाइएको छ ।

देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकास मगरको सम्पादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतीमा भिडियोमा सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् ।