१२ गाउँमार्फत निर्देशनमा विराजको कमव्याक

काठमाडौं । अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन रहने फिल्म ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका छन् । बिहीबार बिहान फेसबुकमार्फत उनले नाम सार्वजनिक गर्दै विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन–थ्रिलर हुने उल्लेख गरेका छन् ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । विराजले फिल्मबारे अन्य विस्तृत जानकारी दिएका छैनन् । तर शीर्ष भूमिकामा भने उनी आफैं देखिने निकट स्रोतले बताएको छ ।

सन्तोष सरकारको पटकथा रहने फिल्ममा विराजको महत्वकांक्षी प्रोजेक्टका रुपमा लिइएको छ ।