मेरो माया सजाउँदामा आयसा र नहिम

काठमाडौं । गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार रोज हाल कतारको दोहामा छन् ।

गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने शशी किराँतीको स्वर रहेको छ ।

गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् ।

गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो ।