दान्भी टिजरमा पूजाको एक्सन र आक्रोश

काठमाडौं । नायिका पुजा शर्माको केन्द्रिय भूमिका रहेको फिल्म ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । रुपेश तामाङको निर्देशनमा देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

पवन राना मगर कार्यकारी निर्माता रहेको यो फिल्मका सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् ।

फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको संगीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

फिल्ममा पूजाको साथमा नव–नायक कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म तयार भएको हो ।

फिल्मको एक साताको छायांकन दार्जिलिङमा गर्ने तयारी समेत निर्माणपक्षले गरेको छ । फिल्मको प्रदर्शन मिति केही समयमा नै तय गर्ने निर्देशक तामाङले जानकारी दिएका छन् ।