जिपलाइनमा रमाइन् वर्षा

काठमाडौ । अभिनेत्री वर्षा राउतले काठमाण्डौँको चोभार स्थित मन्जुश्री पार्कमा सञ्चालनमा ल्याईएको नेपालको पहिलो क्यानोपी जिप लाईनको उद्घाटन गरेकी छिन ।

शनिबार देखि संचालनमा आएको जिप लाइनको शुभारम्भ गर्न पुगेकी बर्षाले तीन वटा स्टेसन रहेको क्यानोपी जिप लाईनको मज्जा समेत लिइन । दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै खेलाईन्छ ।

“मैले जिप लाईनको अनुभव पहिले एक पटक गरेको थिए तर रोकी रोकी फरक फरक स्टेशनमा फरक फरक एडभेन्चर क्यानोपीमा पाईदा अझै धेरै मज्जा हुने रहेछ’, उनले भनिन् । उनले फिल्मका सुटिङ भईरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक सम्भावना थप बढ्ने विश्वास समेत ब्यक्त गरिन ।

चार करोड लगानीमा निर्मित क्यानोपी जिप लाईनलाई जे।बी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । भबिष्यमा स्काई वाक र बन्जी जम्म लगायतका प्रोजेक्टको समेत परियोजना तयार गरिसकेको जे।बी।एडभेन्चरले एउटा अनुभव लिनेका लागि ५ सय र तीन वटै क्यानोपी जिपलाईन खेल्नका लागि १२ सय रुपैयाँ टिकट कायम गरेको छ ।

विद्यार्थीलाई र स्थानिय ६ नम्बर वडाका बासिन्दाको हकमा भने २५ प्रतिशत छुट दिईएको जेवी ऐडभेन्चरका निर्देशक हिमाल गुरुङले बताएका छन । उनले प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएको र सुरक्षाको हिसावले पनि नमूना छ बनाईएको दावी समेत गरेका छन ।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई पर्यटकीय हब बनाउन आफूहरुले यो जीपलाईनलाई संचालन गर्न अनुमति दिएको बताएका छन ।