मानव सेवा आश्रममा रश्मिलाजको वार्षिकोत्सव

काठमाडौं । पुरानो फेसियल हाउसको रुपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ अनाथ असाहायहरुलाई सहयोग गर्दै आफ्नो १६ औं बार्षिकोत्सब मंगलबार मनाएको छ ।

रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औ बार्षिकोत्सब काठमाडौँको गोंगबू टाउन प्लानिङ अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद्धा असक्त आमाहरु र अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन गराएको छ । सो क्रममा त्यहाँ रहेका व्यक्तिहरुका लागि विभिन्न खाद्य सामग्री प्रदान गरेको छ ।

आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रत्यक्ष असर पारिरहेको कारण पनि यसटक बिगतको जस्तो औपचारिक कार्यक्रम गर्नु भन्दा सामाजिक कार्य गरेर वार्षिक उत्सब मनाएको ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’का सँरक्षक प्रकाश कुमार श्रेष्ठले बताए ।

रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै हाल ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र हजारौंलाई शिपमुलक तालिम दिईएको संरक्षक प्रकाश कुमार श्रेष्ठले बताए ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले सो कार्यक्रममा बताईन् ।

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर बिगत १६ बर्ष अघि स्थापित भएको हो । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो र चौंथो तल्ला पसल नं –११८ र ४०१, बिजी मल, गोंगबू चौंथोतल्ला र बुद्धमल बालाजुको पहिलो तल्ला सहित चारवटा शाखाहरु रहेको पनि उनले जानकारी गराईन् ।