महोत्सवमा सौगातको संवाद, कमलमणिको कमेडी

काठमाडौं । फिल्म ‘हात्तीछाप’को प्रचारका लागि अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर फिल्मको प्रचार गरे ।

सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । महोत्सवमा सौगातले दर्शकलाई आफ्ना फिल्मका हिट संवादहरु सुनाएका थिए ।

कलाकार कमलमणि नेपालले दर्शकलाई हँसाएका थिए । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकहरुमा फिल्मप्रति उत्साहि निकै रहेको आफूले पाएको बताए । उनले चाँडै नै पूर्वदेखि पश्चिम प्रचारमा फिल्मको युनिट निस्कने बताए ।

आज फिल्मकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् । फिल्मको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

फिल्म ‘हात्तीछाप’मा सिमोस सुनुवारको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।