रिमैमा दयाहाङ, सौगात र रिस्मा

काठमाडौं । ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी’का प्रमुख तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र रिस्मा गुरुङ पुनः सहकार्य गर्ने भएका छन् । उनीहरु खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रिमै’मा सहकार्य गर्न लागेका हुन् ।

यो फिल्म गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । फिल्मबाट वीरबल घलेले अभिनयमा डेब्यू गर्दैछन् ।

निर्देशक गुरुङ र अभिनेता घलेको कथा रहने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा लेखन छ । फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ (युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचिकुमारी घले रहेका छन् । फिल्मका सह–निर्मातामा दुनबहादुर घले, हेमा गुरुङ तथा विजय लामा छन् ।

हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्म फागुनबाट फ्लोरमा जानेछ ।