बबिना कसलाई भन्दैछिन् माझी बनेर आयौ

काठमाडौं । गायिका बबिना भट्टराईको नयाँ गीत ‘माझी बनेर आयौ’ सार्वजनिक भएको छ । गीतमा सुनिता प्रसाईंको शब्द र गायिका भट्टराईकै संगीत छ ।

गीतमा एउटा सही मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई प्रस्तुत गरिएको छ। भिडियो सामान्य स्टुडियो भर्सनमा निर्माण गरिएको छ।

गीतमा साहस शाक्यको एरेन्ज, प्रकाश खरेलको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन्। जसले गर्दा गीतको भाव महशुस हुन्छ।