भुठानमा हरिवंश र दयाहाङसँग ब्रुसको सहकार्य

काठमाडौं । फिल्म ‘बुलबुल’का निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्न जोडिएका छन् । यो फिल्ममा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् । फिल्म को अङ्ग्रेजी नाम ‘द वल्र्ड ह्याप्पिएयस्ट मेन’ हो ।

डर्न सन् १९७९ को फिल्म ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका कलाकार हुन् । उनी अभिनित चलचित्र ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए ।

निर्देशक पौडेलले ब्रुसजस्ता कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताए । ‘यो हाम्रो लागि नेपाल र अमेरिकालाई जोड्ने अवसर हो’, पौडेलले भनेका छन् ।

फिल्ममा अमेरिकाको ओहायो–पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी–नेपाली शरणार्थीहरुको दुर्दशा र विस्थापनको लडाईंलाई देखाइनेछ ।

‘द वल्र्डस् ह्याप्पिएस्ट मेन’ सन् २०१९ मा बुसानमा बुसान एसियन प्रोजेक्ट मार्केट अन्तर्गत एक्रोन इन्टरनेशनलमा सहभागी भएको थियो । फिल्ममा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापाको निर्माण छ ।

फिल्ममा एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ कार्यकारी निर्माता र दीपक गजमेर लाइन प्रोड्युसर छन् । यो फिल्म म्याड मंकी फिल्मस्, ठकुराठी ब्रोस, भ्याकेन्ट लाइट र एभरेष्ट इन्टेनमेन्टको व्यानरमा बनेको हो ।

फिल्मको छायांकन अक्रोन, ओहायो र त्यस वरपरका सहरमा भइरहेको छ ।