अगस्त्यमा निश्चल लुक्स

काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक निश्चल बस्नेत बिहीबार जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको मौका पारेर फिल्म ‘अगस्त्य’ले आफ्ना कलाकार निश्चलको फस्टलुक सार्वजनिक गरेको छ ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महतमात्र रहेको निर्माण टिमले प्रचार गरिरहँदा सार्वजनिक निश्चलको लुक्स दर्शकका लागि ‘सरप्राइज’ भएको छ ।

सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो फिल्म आगामी फागुन १८ गतेबाट रिलिज हुँदैछ । फिल्ममा निश्चलले ‘अजित’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।