कुसुमले झुक्याउँदा पीडित बने युवराज

काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘नझुक्काउ मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपिका थापा रिमालको शब्द र युवराजकै संगीत छ ।

भिडियोमा युवराज चौलागाईं, कुसुम शर्मा र विकास लामिछाने फिचर्ड छन् । भिडियोमा मेनुका ढकालको पनि अभिनय छ ।

भिडियोमा श्रीमति कुसुमले धोका दिएपछि युवराजले पाएको पीडालाई देखाइएको छ । कुसुमको विकाससँग अफेयर रहेको थाहा पाएपछिको पीडालाई युवराजले गीतमा प्रस्तुत गरेका छन् ।

भिडियोमा राज आचार्यको कन्सेप्ट, शान थापाको निर्देशन, अर्जुन तिवारी र टिमको छायांकन, मिलन विश्वकर्माको कलर र सम्पादन छ । भिडियो युवराज चौलागाईं युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।