प्रियंकाले शुभारम्भ गरिन् उप्स इन नेपाल

काठमाडौं । राजधानीको धुम्बाराहीमा नेपाल कै पहिलो पारिवारिक मनोरञ्जन पार्क ‘उप्स’ सञ्चालनमा आएको छ । एक महिनादेखि सुरु भए पनि सोमबार अभिनेत्री प्रियंका कार्कीले औपचारिक रुपमा ‘उप्स’को शुभारम्भ गरिन् ।

उनले ‘उप्स’ सबै किसिमका खेलहरु खेल्न सकिने आकर्षक ठाँउ बनेको भन्दै सञ्चालकलाई बधाई दिइन् । ‘परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाएँ । ठुलो स्पेस भएका कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ,’छोरी आयंकासँग पुगेकी प्रियंकाले भनिन्, ‘म पनि चाँडै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउनेछु ।’

‘उप्स इन नेपाल’मा आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इण्डुअर र आउटडुअर खेलहरु मज्जा लिन सकिनेछ ।

भारतमा रहेको ‘होप उप’ नामक फनपार्कको सहयोगमा ‘उप्स इन नेपाल’ नेपालमा सञ्चालनमा आएको हो । यस पार्कलाई देशका अन्य स्थानमा पुर्‍याउने योजना सञ्चालक टिमले बनाएको छ ।