डिग्री माइला टिजरमा कमेडी र रोमान्स

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका शीर्ष पात्र डिग्री माइला बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाख को जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।

३ मिनेट र केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ। रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा फिल्मप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ ।

फिल्म सोही नामको नाटकमा आधारित रहेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो ।

फिल्ममा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ। फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यस्तै फिल्ममा दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ ।