जीत मान्दिनँमा प्रभात र प्रनिमा

काठमाडौं । गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा मोडलद्वय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा उनीहरुको प्रेम र रोमान्सलाई देखाइएको छ ।

मनाङको रमणीय स्थानमा छायाङकन गरिएको भिडियोमा उत्सव दाहालको छायाङ्कन छ । राकेश दाहालको सम्पादन रहेको भिडियोमा केशवराज भट्टको निर्देशन छ ।

डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।