नन्दुले ल्याए नयाँ भर्सनको दुलही

काठमाडौं । ६० को दशकमा बलराम समालले गाएका गीत ‘दुलही’लाई गायक नन्दु गुरुङले नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ ल्याएका छन् । अज्ञातको शब्द र संगीत रहेको गीतमा बलरामकै एरेन्ज छ ।

अशोक लाखेद्वारा निर्देशित भिडियोमा मोडल भुवन खड्का, रश्मी उप्रेती, बिपि भट्टराई, राजन निरौला, सोम मग्रान्ति, नागिन धिमाल, सुमन मग्रान्ति, मुहा मगर, मुस्कान कन्दङ्वा र पार्वती केसीको अभिनय छ ।

भिडियोमा देवराज सिग्देलको छायांकन मुहा क्रिएटिभ स्टुडियोका मुहासिंह मगरको सम्पादन छ । भिडियो मोरङ जोगिटार आसपास छायांकन गरिएको हो ।

गीतकार तथा भावसागर इन्टरटेमेन्टकी सञ्चालिका अम्बिका गुरुङ निर्मात्री रहेको भिडियो भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।