सुरेनको सल्लेरी पाखाहरुमा दिक्पाल र जिशु

काठमाडौं । गायक सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङ र माष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइराला फिचर्ड छन् । दिपेन खडकाको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ । गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आएका छन् ।