मायाको रंगमा कमलको एक्सन कट

काठमाडौं । गायक शिशिर ठटाल र गायिका कौशिला क्षेत्रीको स्वरमा ‘मायाको रंग’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत पनि गायक शिशिर ठटालकै रहेको छ ।

गीतको भिडियोमा शिशिर ठटाल, देवीमाया तामाङ, अरुण तिवारी, कौशिला क्षेत्री, सब्नम तामाङ, सुकबहादुर सुन्दास, प्रकास बस्नेत, उज्वल दर्जी र कृष्णमाया पौडेलले अभिनय गरेका छन् ।

कमल प्रसाईको निर्देशन र छायांकन रहेको भिडियोमा गायक यस कुमारको भ्वाइस ओभर छ ।