शंकरको प्रेम त सार्वजनिक

काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’सार्वजनिक भएको छ । प्रेमिल गीतमा शब्द गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको छ ।

क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा, सुजा पौडेल, दिलिप योङहाङ, हिमा थापा, धनप्रसाद श्रेष्ठ, कौशिला श्रेष्ठ, स्मृति श्रेष्ठको अभिनय रहेको छ ।

नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोमा खगेन्द्र पन्धाक लिम्बुको छायाङ्कन, रोशन श्रेष्ठको सम्पादन र दिन्सन शाहको कलर छ ।

भिडियोमा योगेश कोइरालाको सह–निर्देशन छ । निर्देशक नेपालले भिडियोमा राम्रो कथा बुनेका छन् । भिडियो क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।