५० वर्षपछि ढुंगे बगर

काठमाडौं । लोक गायक, संकलक तथा सर्जक लालबहादुर खाती तथा लोक गायिका तीर्थ कुमारी थापाद्दारा स्वरबद्ध कालजयी नेपाली लोक गीत ‘ढुँगे बगर माया ढुँगे बगर’ करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर चर्चित बनेको थियो । हाल पनि यो गीतलाई श्रोताले उत्तिकै मनपराउँछन् ।

यही गीत अहिले लोक गायक तथा संकलक स्वर्गीय लालबहादुर खाती प्रति समर्पित गर्दै लोक गायिका तीर्थकुमारी थापा र गायक सुरजकुमार थापाले नयाँ भर्सनमा दर्शक तथा श्रोतामाझ ल्याएका छन् ।

गीतमा सुरजकै संगीत संयोजन छ । गीतको भिडियो रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको छ ।

शम्भुकुमार तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ रहेको गीतको भिडियोमा निश्चल श्रेष्ठको छायांकन, महेश्वर श्रेष्ठको डीओपी र बिजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ। भिडियो तुलसी भक्त कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो।

भिडियो सुरजकुमार थाापाको नाम रहेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।