फस्टलुकमा मीराः स्याडो अफ अ रेन्बो

काठमाडौं । फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथा फिल्ममा छ ।

फिल्ममा अनिता पण्डितको लेखन, निर्देशनसँगै अभिनय छ । उनले फिल्ममा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाइने बताइन् ।

‘अनेकौं आकाङ्क्षा बिच रुमल्लिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम भूमिका खेल्ने छ’ उनले भनिन् ।

फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वि फिल्मसले फिल्म निर्माण गरेको हो ।