बलिदानको सेट डिजाइनको काम सुरु

काठमाडौं । आगामी वर्ष २०८१ मा रिलिज हुने फिल्म ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ । फिल्मका निर्देशक सन्तोष सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतिका बिच काम सुरु भएको बताए ।

नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग फिल्मको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए । तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायांकन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । स्टुडियोको उद्घाटन नै बलिदानबाट हुँदैछ ।

यो फिल्मबाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् । समीर अभिनेता विराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

निर्देशक सेनले देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताए । आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिलममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।