काठमाडौँ । शनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा फिल्म ‘पर्खी बसें फर्की आउँछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गरेका छन ।
फिल्ममा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ ।
रोशिका फिल्मसको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा कमलप्रसाद शर्मा र खेमराज विक छन् भने निर्मातामा यमकान्त भन्डारी छन् । फिल्मका सह–निर्मातामा कृष्णबहादुर थापा (काजी), नवराज अधिकारी, जगदीश महर, सुशील गौतम, जेनि मगर (प्रगति) रहेका छन् ।
फिल्ममा अरुण सुनारको छायाङ्कन, पुर्ण संयोग र बसन्त सापकोटाको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, चेतनबहादुर सामतको रङ संयोजन, यज्ञ जङ्ग बिकको मुख्य सहायक निर्देशन रहेको छ ।
फिल्मले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरेको छ । विशेष शोमा पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला, केपी पाठक, दीपाश्री निरौला, बद्री पङ्गेनी, प्रेमनाथ अधिकारी र गोपालकाजी कायस्थलगायतको उपस्थिति थियो ।