विशेष शोमा मनपराइयो मनसरा

काठमाडौं । गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार बिशेष शोको आयोजना गरेको छ । बिशेष शोमा फिल्म हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गीलगायत पुगेका थिए ।

राप्रपा अध्यक्ष लिङदेनले फिल्म हेर्न लायक भएको बताए । ‘निर्देशक उपेन्द्र सुब्बाले मेहनत गर्नु भएको छ । नेपालको जुन जातिय र सांस्कृतिक विविधता छ, त्यसलाई एउटा फिल्ममा जोड्ने कोशिस गर्नुभएको छ । समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातिय, सांस्कृतिक अनि हामीलाई प्रचलनहरु थिए भन्ने कुरा समेत मनसराले बुझाउन मद्दत गरेको छ’, उनले भने ।

गायक तथा अभिनेता प्रकाश सपुतले ‘मनसरा’ मन परेको बताए । उनले फिल्म एकदमै स्मुथ र एउटा राम्रो किताब पढे जस्तो लागेको अनुभव सेयर गरे ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।