जन्ते बाख्रोलाई अभिनेत्रीको खोजी

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा बन्ने नयाँ फिल्म ‘जन्ते बाख्रो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोससँग सौगातको ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’ पछि तेस्रो सहकार्य हो ।

मंगलबार फिल्म टिमले अभिनेता सौगातलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो । आगामी भदौबाट छायांकन गरिने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । यही आधारमा फिल्म कमेडी जनरामा बन्ने निर्माण पक्षको दाबी छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । फिल्मको लागि अभिनेत्रीको खोजी निर्माण पक्षले गरिरहेको छ ।