पेनसनपट्टा निर्देशन गर्दै माओत्से गुरुङ

काठमाडौं । निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने फिल्मको नाम ‘पेनसनपट्टा’ रहनेछ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

केही महिना अगाडि माओत्सेको निर्देशन रहेको फिल्म ‘दयारानी’ सार्वजनिक भएको थियो । बक्सअफिसमा राम्रै कलेक्सन गरेको थियो ।

चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् । उनी गुरुङ भाषाका फिल्म पनि निर्देशन गर्दै आएका छन् ।
माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन् ।