प्रह्लादले ल्याए एउटा जून

काठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गीतमा टेक तामाङको शब्द र आलोकश्रीको संगीत छ ।

गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन् ।

भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ । भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन् । दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन् ।