लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड

काठमाडौं । नेपाली फिल्मको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार हेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । राजधानी हालै पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रालिको व्यवस्थापनमा भाद्र १५ गते अवार्ड प्रदान गर्न लागिएको जानकारी दिइयो ।

वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । ईन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन् ।

तत्कालीन युवराज वीरेन्द्र विर विक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके । जसले फिल्मकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गरिन् ।

अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवान सहित पुर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भब्य र सब्य हुने विश्वास चलचित्रकर्मीहरुले राखेका छन् ।