शम्भुजितलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने

काठमाडौं । थर्ड आइ, लण्डनको आयोजनामा लण्डनमा जुलाई ७ देखि जुलाई २० सम्म ‘नेपाली फिल्म फेस्टिभल, लण्डन २०२४’ हुने भएको छ । नेपालको लागि द दिनेश डिसी प्रोडक्सनले फेस्टिभलको व्यवस्थापन गरेको छ ।

धेरै लामो समयदेखि नेपाली फिल्मसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमायो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो फिल्म महोत्सवमा पाँचवटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् ।

कार्यक्रम उद्घाटन जुलाई ७ मा ट्राम्स्ड, ५१–५३ वुलविच न्यू आरडी, लण्डन एसई१८ ६ईएसमा हुनेछ । यो हलमा मा प्रदिप शाहीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ र विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘हल्कारा’ प्रदर्शन हुनेछ । त्यस्तै जुलाई १४ तारिखमा देव थापा निर्देशित फिल्म ‘टुल्की’ र सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ प्रदर्शन हुनेछ ।

कार्यक्रमको समापन २० तारिखमासाँझ पाँच बजेबाट ग्रिनफोर्ड हलरुइस्लिप आरडी, ग्रीनफोर्ड यूबी ९क्युएन हलमा हुनेछ । उक्त कार्यक्रममा नेपाली कथानक फिल्म ‘सरिता’ को प्रदर्शन हुनेछ ।

कार्यक्रमलाई चलचित्र विकास बोर्ड, वाईवाई र नेपाल आदिले प्रायोजन गरेका छन् । जुलाई २० तारिखमा हुने यस महोत्सवको समापन समारोहमा नेपालबाट १४ जना चलचित्रकर्मी एवं कलाकर्मीहरुशम्भुजित बास्कोटा, भुवन केसी, दिलिप रायमाझी, प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल, कविता नेपाली, नरेन खड्का, एलिश कार्की, अनिता चलाउने,दिनेश डिसीतथा आफ्नो पेशागत कामको लागि हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप साही, दिया पुन, सर्मिला वर्देवा, रुपक डोटेल आदिको सहभागिता रहनेछ ।

बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संकृतिको प्रवद्र्धन हुने विश्वास रहेको आयोजक थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटा बताउँछन् ।

यो महोत्सवको समापनमा संगीतकार शम्भुजित बास्कोटालाई दिर्घ साधना सम्मान (लाईफ टाईम अचिभमेन्ट अवार्ड)द्धारा सम्मान गरिने थर्ड आईको निर्णय रहेको छ ।