काठमाडौं । नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास एवं जानकारी प्रदान गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ चलचित्रकर्मीहरुको सहभागीता रहेको थियो । साथै यस फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भाबातीत योग ध्यानका विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो । काठमाण्डौको दक्षिणकाली नगरपालिकामा विश्वविख्यात धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापना भएको उक्त नेपाल महर्षि बैदिक फाउण्डेशनले नेपालमा सनातनी धर्मको रक्षा गर्नुका साथै विभिन्न बैदिक सनातनी कार्यहरुमा आफुलाई क्रियाशिल गर्दै आईरहेको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए । नेपाल चलचित्र कलाकार संघसंग यस्ता कार्यहरुमा सहकार्य गर्न पाउँदा आफुलाई खुशी लागेको बताउँदै निकट भविश्यमा यस्ता कार्यक्रहरुलाई निरन्तरता दिन कलाकार संघ संग अध्यक्ष बास्कोटाले आग्रह पनि गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी, सचिब रामेश्वर बुर्लाकोटी, सदस्यहरु गोपाल ढकाल छन्दे,नम्रता खरेल, पुकार भट्टराई , पवन केसी ,राजकुमार शाह एबम् दन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, बरिष्ठ अभिनेत्री गौरी मल्ल, लय संग्रौला कृष्ण शिवाकोटी, राकेश खडका, गीता अधिकारी बरिष्ठ संचारकर्मी शान्तिप्रिय, बिजयरत्न तुलाधर, गीता अधिकारी, निर्देशक माधब राज खरेल, पल्पसा डंगोल,तारा के सी,मानबहादुर थापा, सुनिल पुरी, श्रीदेव भट्टराई, आशा भुषाल, सविना कार्की, नानी काजी डंगोल,रमेश बज्राचार्य, यादव बैरागी,बिक्रमैखडका,बिपिनराज निरौला,ओमा कार्की,दिप श्रेष्ठ,सुरेन्द्र खडका कृष्णमंगल श्रेष्ठ,हरिलाल तामांग,मन महर्जन,मोति सुबेदी,कृष्ण मुरारी ढुगेंल,बद्री प्रसाद पुडासैनी,उमा कार्की,कृष्ण प्रसाद अधिकारी,दुर्गा नेपाल,देबेन्द्रकुवर,मन्जुथापा,राम शरण कोईराला,जितेन तामांग लामा,हरी पथिक,सुगतकारन्जीत,बसुन्धरा पन्थी पौडेल,रमेश भण्डारी,भिमसेन बजगाई,डि बि डोंग,रोशन तामांग,सफल शर्मा,ओम ब कार्की,सन्तोष बस्याल,अमृत मान महर्जन,किरण शाही,राजु शाही,सवि खडका,कुमार ओझा,लगायतका कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कलाकार संघले कलाकारहरुको रिफ्रेसमेन्टका लागी बेलाबखतमा यस्ता कार्यक्रमहरुको आयोजना गर्नु पर्ने धाराणा सहभागीहरूले राखेका थिए । कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले नेपाल चलचित्र कलाकार संघ र नेपाल महर्षि बैदिक फाउण्डेशनले यस्ता कार्यक्रमहरु १÷२ घण्टाको मात्रै नभई १÷२ दिनको नै गर्नु पर्ने बताइन् । फाउण्डेश्नका तर्फवाट सदिक्षा बासकोटाले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन् भने नीमराज अधिकारीले भाबातीत योग ध्यानका बारेमा कालाकारहरुलाई जानकारी दिएका थिए ।
कलाकारहरुको कार्य ब्यस्तता र भागदौडले गर्दा कलाकारहरुको स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिवाट तथा योग तथा ध्यानका माध्यमले सकारात्मक उर्जाको उजागर गर्ने उदेश्य कार्यक्रमले राखिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । अध्यक्ष निरौलाले कार्यक्रममा सहभागी कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरुलाई सहभागिताको लागी धन्यवाद प्रकट गर्दै नेपाल महर्षि बैदिक फाउण्डेशनसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
नेपाल चलचित्र कलाकार संघले यस अघिपनि कलाकारहरुको व्यक्तित्व विकासका लागी योग ध्यान, जीवन विज्ञानका विभिन्न आयामहरु, बिमारी पर्दा अस्पतालमा लाग्ने औषधोपचारमा विशेष छुटका साथै ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठि लगायतका विभिन्न विषयहरुमा कार्यक्रमहरुको संञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रममा २०८१–कार्तिक २२–२५ भृकुटिमण्डप, काठमाडौंमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञ यज्ञका बारेमा समेत चर्चा भएको थियो ।