तीज गीतमा तिते करेलीमा अमिलो ट्वाक्क

काठमाडौं । गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वरमा रहेको मौलिक तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुषालको छ । कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको हुकलाइन लेक कुमारी भुषालको रहेको छ।

गीतको म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा बीसी, नारायणी खत्री, संचिता बोलाखे, उमराज थापालगायतको अभिनय छ । प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेकोको भिडियोमा राजेश घिमिरेको छायांकन, अमृत चापागाईंको सम्पादन छ । प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

यस अघि गायिका सुष्मा र प्रमोदले पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत ‘गठबन्धन’ सार्वजनिक गरिसकेका छन् ।