शिवले ल्याए धोकेबाज

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘धोकेबाजु सार्वजनिक भएको छ । रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समिक्षा अधिकारीको स्वर रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय रहेको छ। आश्मा र ओबीको जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए ।

यहि जोडीलाई लिएर तयार पारिएको ‘धोकेबाज’ को भिडियो ग्ल्यामर्स बनेको छ। मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।