नमेटिने घाउमा सांसद ज्ञानेन्द्र शाहीको डबिङ

काठमाडौं । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’’ यति बेला डबिङ कार्य भैरहेको छ ।फिल्ममा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको डबिङ कार्य सम्पन्न भएको छ ।

फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केहि दिनमा उनले पनि डबिङ दिने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए ।

छिट्टै प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ । फिल्म एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

यस्तै फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायत अभिनय रहेको छ ।

फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि विशेष भूमिकामा अभिनय छ । फिल्ममा सुरवीर पण्डित, सुनील कटुवालको पनि अभिनय छ ।