दीपिकाको दुख्यो आमा ऐया ऐया

काठमाडौं । चेलिबेटी बेचबिखनविरुद्ध बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतनामुलक गीत ‘दुख्यो आमा ऐया ऐया’ सार्वजनिक भएको छ । गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत, दीपिका भट्टको शब्द र देवेश राईको मिक्सिङ, मास्टरिङ र एरेन्ज छ ।

भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी र सन्जु खत्रीलगायतका कलाकारको अभिनय छ ।

भिडियोमा रामशरण उप्रेतीको छायांकन, नहकुल खड्काको सम्पादन र दीपिकाकै निर्देशन छ ।

दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानलबाट गीत रिलिज गरिएको हो ।