मिस कोशी विजेता र उपविजेतालाई सम्मान

काठमाडौं । आठौँ संस्करणको ‘मिस कोशी २०२४’ का विजेता तथा उपविजेतालाई विराटनगरमा सम्मान गरिएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले एक कार्यक्रम गर्दै सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा ‘मिस कोशी’का विजेता सुनसरी इटहरी १९ तरहराकी शुभलक्ष्मी राई, ‘फस्ट रनरअप’ धरानकी निशा हाङ्मा लिम्बु, ‘सेकेण्ड रनरअप’ झापाकी निगम मोक्तान तामाङ्ग, ‘थर्ड रनरअप’ जुम्लाकी कृति बस्नेत र ‘फोर्थ रनरअप’ इटहरीकी स्वस्तिका राई छन् ।

सुनसरीको धरानमा गत शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मीले ‘मिस कोशी’को उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन् ।

उनीहरुलाई कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे ।