सारंगको गीतमा २२ बालबालिकाको स्वर

काठमाडौं । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।

फिल्मको अर्को एउटा गीतमा भने शान्तिश्री परियार र साइराजको स्वर छ । ‘चोली तुनामा’ बोलको सो गीत पनि डिपी खनालले लेखेका हुन् भने संगीत पनि शंकर थापा स्माइलको छ ।

निर्देशक तामाङले बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको बताए ।

वैशाख २ गतेबाट सुटिङ थालिएको फिल्मको पहिलो चरणको सुटिङ सकिएको छ । बाँकी छायांकन केही दिनमै गरिने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् । फिल्ममा निर्देशक तामाङकै लेखन छ ।